• १७ असार २०८१, सोमबार

राष्ट्रिय सभा बैठकमा आज पनि अवरोध

blog

राष्ट्रिय सभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्नुहुँदै सांसद भैरवसुन्दर श्रेष्ठ ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २१ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठकमा आज पनि अवरोध गरेको छ । 

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत जानुभएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँचपुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताउनुभयो । 

उहाँले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई जानकारी गराउनुभयो । एमाले सांसदहरूको विरोध जारी रहेपछि राष्ट्रिय सभा बैठक स्थगित गरी शुक्रबार अपराह्न १२ः२९ मा बस्नेगरी तय गरिएको छ ।