• १४ वैशाख २०८१, शुक्रबार

तरूण सरदेशाई गल्फ टिमको प्रशिक्षकमा नियुक्त

blog

एसियाड गल्फ टोली ।

काठमाडौं, असार ११ गते । १९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ सङ्घले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ सङ्घ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ । 

सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेसाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहने छन् । नेपाल गल्फ सङ्घका यूथ डेभलपमेन्ट निर्देशक दीपक आचार्य टिमको सहायक प्रशिक्षक रहनुभएको छ । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको होङझाउ हुनेछ ।

तरुण सरदेसाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलुरुस्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरु गरिसकेको छ । एसियन गेम्समा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरु सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कस्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ सङ्घले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलुरु पठाएको  हो । नेपाल नम्बर एक एमरच्योर गल्फर सुवाससँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहनु भएको छ ।

बन्द प्रशिक्षणकै दौरान सुवास र सद्भावले जुलाई १८ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने  सिंगापुर एमेच्योर ओपनमा सहभागिता जनाउनु हुनेछ ।