• २४ वैशाख २०८१, सोमबार

लगानी हब र नेक्सजेनबिच सम्झौता

blog

काठमाडौँ, वैशाख १४ गते। लगानी हब र नेक्सजेन म्यानेज्मेन्ट सोलुसन प्रालिबिच व्यवसाय प्रवर्द्धन तथा लगानी व्यवस्थापनका विषयमा सम्झौता भएको छ। 

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमा दुईवटै कम्पनीका प्रतिनिधिबिच उक्त साझेदारी भएको हो। लगानी हब लगानीको नयाँ क्षेत्र पहिचान गर्ने र ती व्यवसायमा लगानीको स्रोत जुटाउने कम्पनी हो। 

त्यस्तै, नेक्सजेन म्यानेज्मेन्ट सोलुसन प्रालि भने सम्पत्ति व्यवस्थापन र व्यवसायसम्बन्धी परामर्श दिने कम्पनी हो। 

सम्झौतामा लगानी हबले जुटाएको लगानीको स्रोतलाई नेक्सजेनले लगानी पूर्व र लगानीपश्चात् विशेषज्ञ सेवा उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गरिएको छ। 

सम्झौतापछि नेक्सजेन म्यानेज्मेन्टका अध्यक्ष रमेशकुमार भट्टराईले भन्नुभयो, “मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको अवस्थामा नयाँ उद्योग व्यवसायलाई प्रोत्साहन गर्न तथा लगानीको स्रोत पुर्‍यfउन आवश्यक छ। दुई कम्पनीबीच सम्पन्न भएको सम्झौताले यसलाई थप बल पुगेको छ।”