• १४ वैशाख २०८१, शुक्रबार

गोरखापत्र संस्थान सञ्चालक समिति सदस्यमा न्यौपाने नियुक्त

blog

गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य लेखनाथ न्यौपाने ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १८ गते । गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा पत्रकार लेखनाथ न्यौपाने नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका उपसचिव सुरेन्द्र थापाद्वारा प्रेषित पत्रअनुसार उहाँ संस्थानको सञ्चालक समिति सदस्य पदमा नियुक्त हुनुभएको हो ।

गोरखापत्र ऐन २०१९ को दफा ८ को उपदफा (१) को (घ) अनुसार न्यौपानेलाई जेठ १७ गते मन्त्रीस्तरको निर्णयबाट समिति सदस्यमा चार वर्षका लागि मनोनयन गरिएको मन्त्रालयले जनाएको छ । 

पत्रकार न्यौपाने दुई दशकदेखि पत्रकारितामा आबद्ध हुनुहुन्छ । समयपोष्ट डट कमको प्रधान सम्पादक न्यौपाने समयबोध मासिक पत्रिकाको पनि प्रधान सम्पादक हुनुहुन्छ ।   

सोहीअनुसार यसअघि उहाँसँग जनदीशा साप्ताहिकको कार्यकारी सम्पादक, जन आह्वान साप्ताहिक पत्रिकाको सम्पादक भएर काम गरेको अनुभव छ । त्यस्तै, न्यौपानेले राज्यसत्ता साप्ताहिक र नेशनल न्यूज एजेन्सीमासमेत सम्वाददाताको रूपमा काम गर्नुभएको अनुभव छ । 

पाणिनी –७, अर्घाखाँची स्थायी निवासी न्यौपाने त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर हुनुहुन्छ ।