• १४ वैशाख २०८१, शुक्रबार

राखेपद्वारा नवौँ खेलकुदको पुरस्कार वितरण

blog

नवौं राष्ट्रिय खेलकुदमा मार्च पास गरिँदै । फाइल तस्बिर

काठमाडौं, वैशाख २१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार बापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपियाँ सम्बन्धित खेलाडीको खातामा पठाएको छ ।

राखेपले आठ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपियाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपियाँ खेलाडीकै खातामा पठाइएको हो ।

राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपियाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको हो ।

राखेपले हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१–५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । 

गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।