• १५ वैशाख २०८१, शनिबार

मानसरोवर क्याम्पसको स्ववियु निर्वाचनमा एकल उम्मेदवारी दर्ता

blog

एकल उम्मेदवारी परेका उम्मेदवार ।

राजन रावत

हुम्ला फागुन २७ गते । हिमाली जिल्ला हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भएको छ । तीन वटा विद्यार्थी सङ्गठन मिलेर स्ववियु निर्वाचनको सबै पदका लागि एकल उम्मेदवारी दर्ता गराएका हुन् । 

क्याम्पस प्रमुख दीपक भण्डारीका अनुसार स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अखिल र अखिल क्रान्तिकारी मिलेर संयुक्त रूपमा पद बाँडफाँड गर्दै एकल उम्मेदवारी दर्ता गराएका हुन् । 

नेविसंघको तर्फबाट स्ववियु सभापतिमा नरेन्द्र भण्डारी, सचिवमा अखिल क्रान्तिकारीका काशिवराज फडेराको उम्मेदवारी परेको छ । त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका धनबहादुर भण्डारीको उम्मेदवारी परेको छ । त्यसैगरी समानुपातीतर्फको उपसभापतिमा अखिल क्रान्तिकारीका निस्मा बोहराको एकल उम्मेदवारी परेको छ । 

त्यसैगरी सहायक सचिवमा अनेरास्ववियुका चिन बोहराको उम्मेदवारी परेको छ । खुला र समानुपातिक सदस्यका लागि नेविसंघबाट चार, अखिल र अखिल क्रान्तिकारीको तर्फबाट तीन–तीन जनाको उम्मेदवारी परेको छ । सबै पदमा एकल उम्मेदवारी परे पनि दाबी विरोधको कार्यक्रम फागुन २८ र २९ गतेसम्म भएको कारण ३० गते मात्र औपचारिक रूपमा स्ववियु पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।