• २३ फागुन २०८२, शनिबार

पाल्पा–१ मा कांग्रेसका उम्मेदवार राना विजयी

blog

नेपाली कांग्रेसका विजयी उम्मेदवार सन्दीप राना ।

रेखीराम राना

तानसेन, फागुन २३ गते । पाल्पा–१ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सन्दीप राना विजयी हुनुभएको छ । १८ हजार ३३६ मतसहित राना विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत ल्याउनुभएको छ । राना एक हजार ५१७ मत अन्तरले विजयी हुनुभएको हो । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले १४ हजार ३३३ मत ल्याउनुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हुमबहादुर सुनारीले ९५१ मत मात्र ल्याउनुभएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो ।