• ११ वैशाख २०८१, मङ्गलबार

उपराष्ट्रपति निर्वाचन

जसपाका उम्मेदवार रामसहाय यादवविरुद्ध उजुरी दर्ता

blog

जसपाका उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता गर्नुहुँदै एमालेका सांसद महेश बर्तौलासहितका टोली ।

काठमाडौं, फागुन २७ गते । जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिनुभएको हो ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेका सांसद बर्तौलाले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि (आइतबार) १२ बजेसम्म छानबिन गर्ने समय छ ।