• १४ वैशाख २०८१, शुक्रबार

नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता एपीएफका खेलाडी सम्मानित

blog

सम्मानित भएपछि एपीएफका खेलाडी । तस्बिर : सशस्त्र प्रहरी बल

काठमाडौं, फागुन ४ गते । असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुदमा पदक जित्न सफल विभागीय टोली एपीएफ क्लबका खेलाडी सम्मानित भएका छन् । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवौं राष्ट्रिय खेलकुदमा पदक जित्न सफल खेलाडीलाई बुधबार नगद पुरस्कारसहित सम्मानपत्रबाट सम्मान गर्नुभएको हो । 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रशिक्षक, व्यवस्थापक तथा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्याउनुहुने महानुभावहरुलाई समेत सम्मान गर्नुभएको थियो । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफ क्लबले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कांस्य गरी कुल दुई सय १९ पदकसहित दोस्रो स्थान हासिल गरेको थियो । 

कुल ३६ खेल विधा समावेश गरिएको उक्त प्रतियोगितामा एपीएफ क्लबबाट ३१ खेलमा पाँच सय ४९ जना खेलाडीले भाग लिएका थिए ।