• १३ असोज २०८१, आइतबार

जनगणनाको पूर्ण विवरण सार्वजनिक चाँडै

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस २८ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण केही दिनभित्रै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पूर्ण विवरण सार्वजनिक गरिने हुनाले प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै सार्वजनिक गरिने कार्यालयले जनाएको छ ।

कार्यालयले गत माघमा जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ ।