• ६ जेठ २०८१, आइतबार

मुगुमा प्रतिनिधि सभा सदस्यमा कांग्रेसका शाही विजयी

blog

मुगु, मङ्सिर १० गते । मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार ७०८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । शाही र कार्कीबीच तीन हजार ९९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत हुनुहुन्छ ।

त्यस्तै प्रदेशसभा (क) मा एमालेका जीतबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले छ हजार ६१८ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले पाँच हजार ५४५ मत प्राप्त गर्नुभएको छ । रासस