• १४ वैशाख २०८१, शुक्रबार

जाजरकोटमा माओवादीका शक्ति बस्नेतकाे अग्रता

blog

सहदेव बस्नेत 

जाजरकोट, मङ्सिर ६ गते । जाजरकोटमा प्रतिनिधि सभा तथा प्रदेशसभाको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले अग्रता लिनुभएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार बस्नेतले पाँच हजार आठ सय ६४ मत गणना हुँदा तीन हजार ५६ मत प्राप्त गरि अग्रता लिनुभएको छ । उता  एमालेका नीरज आचार्यले दुई हजार तीन सय ८६ मत प्राप्त गरी पछ्याईरहनुभएको छ । 

त्यस्तै प्रदेश सभा 'क' तर्फ बारेकोट गाउँपालिकाको मतगणना गर्दा बारेकोट बेदराज सिंह र डम्बर सिंह दुवै नेपाली कांग्रेसका बेदराज सिंहले ६ हजार ६ सय ७५ मत गणना हुँदा चार हजार ५७ मत प्राप्त गरी अग्रता लिनुभएको छ । 

नेकपा एमालेका उम्मेदवार डम्बर बहादुर सिंहले दुई हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ । बारेकोट गाउँपालिका बेदराज सिंह र डम्बर सिंह दुवैको गृहपालिका हो ।

प्रदेश 'ख' मा ९ हजार ९ सय २२ मतगणना हुँदा नेपाली कांग्रेसका राजीव विक्रम शाहले पाँच हजार ३ सय ७० मत प्राप्त गरी अग्रता लिनुभएको छ भने नेकपा एमालेका खिमबहादुर शाहीले तीन हजार ६ सय ७५ मत प्राप्त गर्नु भएको छ । जाजरकोटमा ६५ हजार ९ सय ६१ मत खसेको छ ।