• १४ वैशाख २०८१, शुक्रबार

कांग्रेस महामन्त्री शर्मालाई फराकिलो अग्रता

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

लीलाराज खडका 

बिर्तामोड, मङ्सिर ६ गते । झापा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत गणनामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाउनु भएको छ । 

गठबन्धन दलका उम्मेदवार शर्माले ११ हजार ३८५ मत प्राप्त गरेर अग्रता बनाइरहनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका अग्नि खरेलले ७ हजार ८६ मतसहित शर्मालाई पछ्याइरहनु भएको छ । 

यस क्षेत्रमा शर्मा खरेलभन्दा ४ हजार २९९ मतअन्तरले पछाडि रहनुभएको छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीको १ हजार ९८१ मत ल्याउनुभएको छ ।  यस निर्वाचन क्षेत्रमा  हालसम्म २२ हजार ३३१ मत गणना भइसकेको निर्वाचन कार्यालयले जनाएको छ  ।

त्यस्तै, प्रदेशसभातर्फको निर्वाचनमा समेत कांग्रेस नेतृत्वको गठबन्धन दलका दुवै उम्मेदवारले अग्रता बनाइरहनुभएको छ । 

निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका गोपाल तामाङ ४ हजार ८१० मतसहित पहिलो स्थानमा रहनुभएको छ भने नेकपा एमालेका रविन कोइराला ४ हजार ६० मतसहित तामाङलाई पछ्याइरहनुभएको छ । 

कोइराला संविधान सभाको निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयीसमेत हुनुभएको थियो । सो प्रदेश निर्वाचन क्षेत्रको १० हजार ३२५ मत गणना भइसकेको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र २ मा नेकपा माओवादी केन्द्रका श्यामवीर लिम्बू २ हजार ९६८ मतसहित अग्रस्थानमा छन् । लिम्बूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविना बजगाईँले दुई हजार ६९७ सहित दोस्रो स्थानमा रहेर पछ्याई रहनुभएको छ । यस प्रदेश निर्वाचन क्षेत्रमा ७ हजार ३०८ मत गणना भइसकेको छ ।

झापा १ मा कुल एक लाख २० हजार ३ सय ७५ मतदातामा ८७ हजार ३ सय ९६ मत खसेको थियो ।