• २५ वैशाख २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्ड मोरङमा

blog

सुन्दरहरैंचा (मोरङ),  वैशाख १४ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुग्नुभएको हो । 

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको  १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुग्नुभएको हो । उहाँलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गर्नुभएको थियो । रासस