• १३ असोज २०८१, आइतबार

मुस्ताङमा काँग्रेसको सुरुवाती अग्रता

blog

म्याग्दी, मङ्सिर ५ गते । मुस्ताङमा मतगणना सुरु भएको छ । जिल्लाको ताजा मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।

मुस्ताङमा हालसम्म तीन हजार ७७९ मत गणना गरी सक्दा काँग्रेसको रुख चुनाव चिन्हमा २ हजार ३५, नेकपा एमालेको सूर्य चुनाव चिन्हमा १ हजार ६५७, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा ४१, राप्रपा नेपालको तीर चुनाव चिन्हमा ५ र ४० मत बदर भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । 

मुस्ताङका प्रजिअ शर्माका अनुसार जिल्लाको कुल मतदाता १० हजार नौ सय ५७ मतदाता रहेकोमा सात हजार दुई सय ५७ मत खसको हो । पुरुष तीन हजार छ सय २० महिला तीन हजार छ सय ३६ र अन्य एक गरी सात हजार दुई सय ५७ जनाले मतदान गरेको शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधितर्फ ४ जना र प्रदेश १ तर्फ २ जना एवम् प्रदेश २ मा तीन जना गरी कुल तीन स्थानका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।

Author

अमृतप्रसाद पौडेल