• १४ वैशाख २०८१, शुक्रबार

फिल्म 'सरी मम'को शीर्ष गीत सार्वजनिक

blog

काठमाडौं, कात्तिक २७ गते । फिल्म 'सरी मम'को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

प्रज्वल श्रेष्ठको स्वर रहेको गीतमा प्रज्वल श्रेष्ठ र नवीन बोगटीले शब्दसंगीत भर्नुभएको छ । 

एनएफआई क्रियशनको ब्यानरमा बनेको यस फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुनुहुन्छ । यस्तै, नवीन बोगटीको निर्देशन रहेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, प्रभात पल ठकुरी, प्रविल कडेल, एलिस राई, युनिसा बजगाईँ, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।

फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन रहेको छ । फिल्म आगामी मङ्सिर १५ मा प्रदर्शन हुनेछ।