• १४ वैशाख २०८१, शुक्रबार

आर्यन र बेनिशाको आउन राजा

blog

काठमाडौँ, कात्तिक २४ गते । अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देलको अभिनय रहेको नयाँ भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ। 

गायिका दीक्षा जे थापा र गायक एसडी योगीको स्वर रहेको गीतमा हर्क साउदको शब्दरचना छ भने एसडी योगीले सङ्गीत भर्नुभएको छ।

अभिनेत्री बेनिशाले आफ्नै प्रोडक्सन कम्पनी मौरी पिक्चर्सबाट पहिलो गीत सार्वजनिक गर्नुभएको हो। भिडियो  निकेश खड्काले निर्देशन गर्नुभएको हो। यसमा एक युवतीले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई बुनिएको छ।

हरि हुमागाईंद्वारा छायाङ्कन गरिएको भिडियोको कोरियोग्राफी शुभम भुजेलले गर्नुभएको छ। भिडियोको कार्यकारी निर्मातामा केदार भुसाल हुनुहुन्छ।