• १४ वैशाख २०८१, शुक्रबार

टी–२० विश्वकप

न्युजिल्यान्डसँग श्रीलङ्का पराजित

blog

श्रीलङ्कालाई हराएपछि न्युजिल्यान्डका खेलाडी । तस्बिर : गेट्टी इमेज

काठमाडौं, कात्तिक १२ गते । अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा न्युजिल्यान्डले श्रीलङ्कामाथि सानदार जित निकालेको छ । सिड्नी क्रिकेट मैदानमा शनिबार भएको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ६५ रनले हरायो । 

जितका लागि न्युजिल्यान्डले दिएको एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्का १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय दुई रनमा समेटियो । श्रीलङ्काका लागि कप्तान दसन सनाकाले ३५ रन बनाउनुभयो । भानुका राजापाक्षेले ३४ रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार विकेट लिनुभयो । मिचेल सान्टनेरले दुई तथा टिम साउथी, लोकेइ फर्गुसन र इश सोधीले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६७ रनब नाएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक एक सय चार रन बनाउनुभयो । उहाँले ६१ बलमा शतक पूरा गर्नुभएको हो । 

डर्याल मिचेलले २२ र मिचेल सान्टनार ११ रन बनाउनुभयो । बलिङमा श्रीलङ्काका कासुन रजिथाले दुई विकेट लिनुभयो । महेश थिक्सना, धनञ्जय डी सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराले एक एक विकेट झार्नुभयो । जितसँगै समूह ‘ए’ मा रहेको न्युजिल्यान्ड शीर्षस्थानमा छ ।

न्युजिल्यान्डले दुई खेलबाट तीन अङ्क बनाएको छ । पराजित श्रीलङ्का दुई अङ्क सहित पाँचौँ स्थानमा छ । दुई खेल खेलेको इङ्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाको पनि समान तीन अङ्क छ । तालिकाको अन्तिममा रहेको  अफगानिस्तानको तीन खेलबाट दुई अङ्क छ । एजेन्सी