• १४ वैशाख २०८१, शुक्रबार

नेपाल संवत् ११४३ सुरुवातसँगै शुभकामना र्‍याली

blog

काठमाडौँ, कात्तिक ९ गते । नेपाल संवत् ११४३ न्हुदँका सुरुवातको अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शुभकामना र्‍याली  निकालिएको छ । 

अहिले तारकेश्वर नागरपालिका वडा नं. ४ को अगुवाइ तथा अन्य संस्थाहरूको सहयोगमा र्‍याली  निकाल्ने क्रम सुरु भएको छ । वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठका अनुसार नेपाल संवत् ११४३ न्हुदँका अवसरमा यो शुभकामना र्‍याली  निकालिएको हो । यसै गरी, अन्य वडा, क्लबहरूको आयोजनामा विभिन्न वडामा र्‍याली निकालिएको छ ।