• १४ वैशाख २०८१, शुक्रबार

भारोत्तोलनमा पुलिसलाई चौथो स्वर्ण

blog

भारत्तोलनमा पदक विजेता खेलाडी । तस्बिर : राखेप

पोखरा, ३१ असोज । नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जित्नुभयो ।

आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेको थियो । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कूल एक सय ४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कूल एक सय २९ केजी भार उठाउँदै रजत  जित्नुभयो । लुम्बिनी प्रदेशकी कृष्णकला विष्टले कांस्य जित्नुभयो । उहाँले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कूल एक सय २८ केजी तौल उठाउनुभयो । यस स्पर्धामा १२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।