• १४ वैशाख २०८१, शुक्रबार

प्रदेशमा दुुई र सङ्घमा एक जनाको उम्मेदवारी फिर्ता

blog

आफ्नो मनोनयन फिर्ता लिदै स्वतन्त्र उम्मेदवारहरु । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असोज २६ गते । गत असोज २३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकामध्ये तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्य पदका लागि एक जना र प्रदेश सभा सदस्यका लागि दुुई जनाले आफ्ना उम्दवारी फिर्ता लिनुुभएको हो । 

मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले प्रदेश सभा सदस्यका लागि दुुई जना र प्रतिनिधि सभाका लागि एक जनाले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनुुभयो । उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टीका मााओवादी समाजवादीका उम्मेदवार कर्णजित बुढाथोकी रहनुुभएको छ भने प्रदेश सभा अन्तर्गत (क) क्षेत्रबाट स्वतन्त्र उम्मेदवार ध्रुवबहादुुर शाही र (ख) क्षेत्रका लागि स्वतन्त्रबाट बली रावतले आफ्नो उम्मेदवारी फिर्ता लिनुुभएको हो । 

दुुबै जना नेकपा (माओवादी केन्द्र) निकट हुनुुहुन्छ । अब प्रतिनिधि सभाका लागि तीन जना उम्मेदवार रहनुुभएको छ । जसमा गठबन्धनबाट माओवादी केन्द्रबाट कर्णाली प्रदेशका पूर्वमन्त्री छिरिङ डम्डुुल लामा, एमालेबाट पूर्वमन्त्री  दलबहादुुर रावल र राप्रपाबाट तेजबहादुुर रावतको उम्मे्दवारी  छ । 

त्यसैगरी प्रदेश सभा अन्तर्गत (क) का लागि गठबन्धनबाट रणसिंह परियार, एमालेका दलबहादुुर फडेरा, राप्रपाको छापे ऐडी, नेकपा (एकीकृत समाजवादी) का हस्तबहादुुर शाही, स्वतन्त्र मङ्गलबहादुुर शाहीको उम्मेदवारी छ । (ख) क्षेत्रका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको तर्फबाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुुर शाही, एमालेका छक्कबहादुुर लामा, जनता समाजावादीका बलीराज शाही, राप्रपामा नैनसिंह रावत र राप्रपा नेपालका सुमन रावतको उम्मेदवारी छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि १३ जना उम्मेदवार चुनावी मैदानमा होमिनुभएको छ ।