• १४ वैशाख २०८१, शुक्रबार

कला कुँद्ने कालिगड पाउनै कठिन

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २२ गते  । बौद्ध धर्मावलम्बीमध्येका लामा तथा तामाङ समुदायले धार्मिक रूपमा ढोग्ने र मान्ने गरिएको ओम मानेपेमे लेखिएका ढुङ्गा कुँद्ने कालिगड पाउनै कठिन हुने गरेको छ। पछिल्लो पुस्ताले धार्मिक पक्षलाई ध्यान नदिँदा यस्ता कालिगड पाउन समस्या हुने गरेको हो। 

नाम्खा गाउँपालिका–६ को लिमीको हल्जी गाउँका कुन्जोक तामाङले ओम मानेपेमे कुँद्ने कालिगड पछिल्लो समय पाउन छोडेपछि धार्मिक संस्कृति जोगाउन कठिन भएको बताउनुभयो। उहाँले जति पहिले उक्त भाषा कुँदिएका ढुङ्गा रहेका छन्, तीबाहेक नयाँ निर्माण गर्न नसकिएको बताउनुभयो। उहाँले हाल लिमीको बाटो र गुम्बामा लेखिएका यस्ता ओम मानेपेमे ढुङ्गा रहेका छन्, ती सबै इस्वीको ९५८ देखि १०५५ मा वरिष्ठ तिब्बेतियन अनुवादक रिन्छेन जाङ्पो रहेको बताउनुभयो। उहाँले अनुदान गरेपछि केही तत्कालीन समयमा लिमीका केही युवाले त्यसरी ढुङ्गामा कुँद्ने कला सिक्नु भएको थियो। त्यसयता भने नयाँ पुस्ताका युवाले त्यसतर्फ ध्यान नदिँदा महत्वपूर्ण धार्मिक कला हराउने सम्भावना बढेको उहाँले बताउनुभयो। 

यस्ता ढुङ्गामा तिब्बेतियन भाषामा ओम मानेपेमेदेखि गौतम बुद्धलगायत महत्वपूर्ण बौद्ध धर्मावलम्बीको भनाइसमेत लेख्ने प्रचलन हराउन थालेपछि लामा समुदाय चिन्तित देखिनुभएको छ। पहिले ढुङ्गामा लेखिएका यस्ता अक्षर खिएर जाने तर नयाँ खेल्ने कार्य नहुने भएपछि यी समुदायलाई महìवपूर्ण धार्मिक पक्ष हराउने डर पनि उत्तिकै रहेको छ।