• २४ वैशाख २०८१, सोमबार

फ्य्राङ्कफर्टमा मिथिला चित्रकला

blog

काठमाडौँ, वैशाख १२ गते । लोककलाकार रन्जु यादवको एकल लोकचित्रकला प्रदर्शनी जर्मनीको फ्य्राङ्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । प्रदर्शनीमा कलाकार यादवका २४ वटा मिथिला चित्र राखिएका थिए ।

नेपाली समाज जर्मनीद्वारा फ्य्राङ्कफर्टमा अप्रिल २० मा आयोजित नेपाल डेमा मिथिला चित्रकला प्रदर्शनी गरिएको हो । सोही अवसरमा कलाकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रूपान्तरणमा आफ्नो चित्रको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको बताइन्छ । 

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले कलाकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको प्रवर्धन र सांस्कृतिक कूटनीतिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार नेपाली समाजले फ्य्राङ्कफर्टमा नेपाल डे आयोजना गरी नेपालबारे जर्मनीमा प्रवर्धन र दुई देशका नागरिकको सम्बन्ध विस्तारमा सहयोग गर्दै आएको छ ।