• २२ वैशाख २०८१, शनिबार

‘राइफलको नालबाट जीवन नियाल्दा’ सार्वजनिक

blog

काठमाडौँ, वैशाख ११ गते । युद्ध साहित्य लेखनमा सक्रिय गणेश राईको नवौँ कृति ‘राइफलको नालबाट जीवन नियाल्दा (भाग–२)’ सार्वजनिक गरिएको छ । संस्मरणात्मक उपन्यासका रूपमा सो कृतिको पहिलो भाग लेखक राईले २०६२ सालमा पाठकबिच ल्याउनुभएको थियो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा गीतकार श्रवण मुकारुङ, वसन्त मुकारुङ, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवा, कवि शशी लुमुम्बू, उपप्राध्यापक टेकनाथ दाहाल तथा लेखक गणेश राईले सामूहिक रूपमा कृति सार्वजनिक गर्नुभएको हो ।

लेखक राईका यसअघि राइफलको नालबाट जीवन नियाल्दा (उपन्यास), राइफलले फलाकेको जिन्दगी (कवितासङ्ग्रह), युद्ध एम्बुसमा राइफलको सङ्गीत (युद्ध उपन्यास), राइफलको मूच्र्छना (युद्ध उपन्यास), फोकल्यान्ड जर्नल (युद्ध विवरण), युद्ध साहित्य सिद्धान्त र सिर्जनाहरू, अमेरिका डायरी (नियात्रा) र गुर्खा गन (संस्मरण) प्रकाशित छन् ।