• १४ वैशाख २०८१, शुक्रबार

'प्रेमगीत ३'को हिन्दी संस्करणका चार गीत रिलिज

blog

काठमाडौं, भदौ ६ गते । फिल्म 'प्रेमगीत ३'को हिन्दी संस्करणका चार गीत रिलिज गरिएको छ । 'जी म्युजिक'ले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, पलक मुछल, राहत फतेह अली खान, अङ्कित तिवारी र देव नेगीले स्वर भर्नुभएको छ ।  

‘कोही ना कोही नाता हे मेरा तुजसे’मा जुबिनको स्वर र पवनदीप राजनले सङ्गीत दिनुभएको छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा राहत फतेह अली खानको स्वर छ । 

यस्तै, ‘तुम प्यार हो’ गीतमा पलक र अङ्कितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक मुछल र देव नेगीको स्वर छ ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्नुभएको यस फिल्म  असोज ७ गते नेपाल र भारतसहितका देशमा रिलिज हुने भएको छ ।