• १५ वैशाख २०८१, शनिबार

भलिबल लिगमा एपिएफको जित

blog

भलिबल लिगमा प्रतिस्पर्धा गर्दै आर्मी र गल्कोट स्पोर्ट्स क्लबका खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २० गते । विभागीय टोली नेपाल एपएिफ क्लबले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलातर्फ जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा हरायो । 

महिलाकै अर्को खेलमा एभरेष्ट क्लब, बुटवलले न्यु डायमन्ड एकेडेमीलाई २६–२४, १३–२५, २०–२५, २५–२१, १५–१३ को सेटमा पराजित गरेको छ । नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५, १५–१३ तथा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा पन्छायो । 

वैशाख २४ गतेसम्म चल्ने लिगमा महिला पुरुष दुवै तर्फका विजेताले ६ लाख, उपविजेताले तीन लाख, तेस्रो हुने टोलीले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपियाँ पुरस्कार पाउनेछ । लिगको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३५ हजार र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने नेपाल भलिबल संघले जनाएको छ । लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।