• १६ भदौ २०८१, आइतबार

मनाङमा हिमपहिरो, अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

blog

ढुकुरपोखरी क्षेत्रमा हिमपहिरो पन्छाउँदै सशस्त्र प्रहरी । तस्बिर सौजन्य सशस्त्र प्रहरी बल मनाङ

यदुप्रसाद भट्ट

मनाङ, फागुन २२ गते। आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा हिमपहिरो गएको छ। हिमपहिराले सडक अवरुद्ध हुँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत ठप्प भएको छ। 

ठुलो हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘आज पनि पहिरो पन्छाउने प्रयास जारी छ, जोखिमयुक्त भएको तथा पहिला पनि घटना घटेको भन्ने जानकारीमा आएकाले उच्च सतर्कताका साथ काम भइरहेको छ।’’ उहाँका अनुसार ढुकुरपोखरीमा गएको सो हिमपहिरो मर्स्याङ्दी नदीमा आइपुगेको छ।


ठुलो पहिरो गएकाले सडक अवरुद्ध रहेको मनाङ प्रहरीले जनाएको छ। डोजरले बिहानैदेखि पहिरो पन्छाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो भएकाले समय धेरै लाग्ने सशस्त्र प्रहरी बलका डिएसपी उदयराज न्यौपानेले जानकारी दिनुभयो। 

मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। हिमपहिरोले सडक अवरुद्ध भएपछि पर्यटक आवतजावतमा समस्या भएको छ। 


मनाङमा हिमपहिरो मनाङमा हिमपहिरो