• १३ साउन २०८१, आइतबार

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

blog

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, फागुन २१ गते । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन पुग्नुभएको हो ।

सत्ता गठबन्धनसँगको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसे लगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

यसअघि प्रधानमन्त्रीले नेपाल सरकारका कामहरूबारेमा जानकारी दिन राष्ट्रपतिलाई भेट्ने गर्नु हुन्थ्यो भने यस भेटलाई भने राजनीतिक उतार चढावसँग जोडेर हेरिएको छ ।