• १६ भदौ २०८१, आइतबार

होटलमा लागूऔषध कारोबार गर्ने पक्राउ

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २० गते । झापाको कमल गाउँपालिकामा होटलभित्र होटल नै होटल सञ्चालकले लागूऔषधको कारोबार गर्ने गरेको पाइएको छ ।

प्रहरीले लागूऔषध ब्राउनसुगर सहित होटल सञ्चालकलाई पक्राउ गरेपछि लागूऔषधको कारोबार गर्ने गरेको पाइएको हो ।

शनिबार बेलुका वडा नंं ३ स्थित कृष्टिना होटलमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले छापा मारेर होटलका सञ्चालक स्थानीय ३५ वर्षीय सरोज थापा र शिवसताक्षी ६ बस्ने ३० वर्षीय विष्णु खड्कालाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रणका लागि प्रहरीले सार्वजनिक स्थल, होटल लगायतका ठाँउहरुमा निगरानी बढाउँदै आएको छ ।

पक्राउ परेका होटल सञ्चालक थापाको शरीर जाँच गर्दा प्लाष्टिकको पोकाभित्र ३८ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । 

होटल सञ्चालकले नै लागूऔषधको कारोबार गर्दै आएको प्रहरीलाई सूचना पुगेपछि छापा मारिएको प्रहरीको भनाई छ ।