• १६ भदौ २०८१, आइतबार

प्रदेश सभाको तेस्रो बैठक आह्वान

blog

कर्णाली प्रदेश सभा सचिवालय । नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, फागुन २० गते ।  कर्णाली प्रदेश सभाको दोस्रो अभिवेशनको तेस्रो बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले तेस्रो बैठकको अधिवेशन यही फागुन ३० गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिनुभएको छ । 

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१)० बमोजिम कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियारलाई सिफारिस गरिएको प्रवक्ता कृष्ण जिसीले बताउनुभयो । 

प्रदेश सभाको दोस्रो अधिवेशनको ३९ औं बैठक गत असोज २२ गते अन्त्य गरिएको थियो । करिब छ महिनापछि सरकारले सभाको तेस्रो बैठक आह्वान गरेको हो ।