• ११ मंसिर २०८१, मङ्गलबार

द्रव्य शाह क्याम्पसमा विद्यार्थीले लगाए ताला

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन ९ गते । गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पासमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा ताला लगाएका छन् । बुधबार १२ बजे ३ विद्यार्थी सङ्गठनले द्रव्य शाह बहुमुखी क्याम्पास लक्ष्मीबजारमा ताला लगाइएको अखिल क्रान्तिकारीका क्याम्पस एकाइका अध्यक्ष अनिश अर्यालले जानकारी दिनुभयो ।

प्रशासनले क्याम्पास भएको भ्रष्टाचार र अनियमितताको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत अनुसन्धान गर्न अटेरी गरेको भन्दै विद्यार्थीले ताला लगाएका हुन् । 

स्वतन्त्र विद्यार्थी युनियनका स्ववियु सभापति रौनक घिमिरेले भने क्याम्पसमा आर्थिक हिनामिना भए पनि त्यसको सत्यतथ्य चाँडै बाहिर ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । यसबारे क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई पटकपटक  फोन गर्दा पनि सम्पर्कमा आउन नचाहेको उहाँको भनाइ छ ।