• १४ मंसिर २०८१, शुक्रबार

वृद्ध महिलाको जलेर मृत्यु

blog

गणेश खनाल

अर्घाखाँची, फागुन ६ गते । जिल्लाको छत्रदेव गाउँपालिका–७ काउलेकी  एक  महिलाको आगोमा जलेर मृत्यु भएको छ।

घरमा खाना पकाउने क्रममा आगोले जलेर गम्भीर घाइते हुनुभएकी ८१ वर्षीया पार्वती पाण्डेको उपचारका क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताउनुभयो ।

आगोले जलेर घाइते हुनुभएकी पाण्डेको पाल्पा मिसन अस्पताल तानसेनमा उपचारका क्रममा आज  बिहान मृत्यु भएको  प्रहरीले जनाएको छ ।