• १९ असार २०८१, बुधबार

गोरखापत्रकर्मी खान र बुढा पुरस्कृत

blog

स्थापना दिवसको अवसरमा पत्रकारलाई पुरस्कृत गरिदै ।

सिराज खान

नेपालगन्ज, माघ २१ गते। लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र रुकुमपूर्वका समाचारदाता जयमान बुढासहित १३ जना पत्रकारलाई बिभिन्न पुरस्कारबाट पुरस्कृत गरेको छ।

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आइतवार आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्नुभयो ।

गोरखापत्र दैनिकका समाचारदाताहरु खान र बुढालगायत १३ जनालाई सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । त्यस्तै दाङका पत्रकार केपी घिमिरेलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरिएको छ । 

लुम्बिनी प्रदेशमा पत्रकारिताको माध्यमबाट संघीयता र बिकासका लागि कलम चलाउने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरिएको लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले बताउनुभयो । सृजनशील पत्रकारिता पुरस्कार पाउने पत्रकारलाई जनही ५० हजार र अग्रज पत्रकारिता पुरस्कार पाउने पत्रकारलाई एकलाख रुपियाँ र सम्मानपत्र प्रदान गरिएको छ ।