• १३ असोज २०८१, आइतबार

प्रिन्सलाई मोटरसाइकल उपहार

blog

प्रिन्स दाहाल । फाइल तस्बिर

काठमाडौँ, माघ २१ गते । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले मोटरसाइकल उपहार पाउनुहुने भएको छ ।

नेपाल खेलकुद महासङ्घ अन्तर्गत काठमाडौँमा आयोजना हुने १३औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका दौरानमा दाहाललाई उक्त उपहार प्रदान गर्न लागिएको हो ।

उहाँले यसअघि लगातार तीन पटक  पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन उपाधि जितेकाले पुरस्कार प्रदान गर्न लागिएको महासङ्घले जनाएको छ । प्रतियोगिता फागुन १४ देखि १९ गतेसम्म काठमाडौँमा हुनेछ ।