• १३ साउन २०८१, आइतबार

टर्की र बेलायती विदेशमन्त्रीबिच गाजा द्वन्द्व, द्विपक्षीय सम्बन्धबारे छलफल

blog

टर्की, माघ १३ गते । टर्कीका विदेशमन्त्री हाकान फिदान र उहाँका बेलायती समकक्षी डेभिड क्यामरुनले इस्तानबुलमा गाजा द्वन्द्व र द्विपक्षीय मुद्दाहरूबारे छलफल गर्नुभएको छ ।

टर्कीको एक कूटनीतिक स्रोतल फिदानले बैठकमा मध्यपूर्वमा दिगो शान्तिका लागि गाजामा तत्काल पूर्ण युद्धविराम आवश्यक रहेको बताउनुभयो ।

फिदान र क्यामरुनले आफ्ना देशहरू बिचको द्विपक्षीय सम्बन्धलाई व्यापक दायरामा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । विशेष गरी व्यापार, अर्थव्यवस्था र रक्षा उद्योगमा सुदृढ पार्ने आफ्नो दृढ सङ्कल्प रहेको उहाँले बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल