• १५ वैशाख २०८१, शनिबार

भृकुटीमण्डपमा बृहत् अन्तर्राष्ट्रिय कृषि मेला (फोटो फिचर)

blog

मेलामा सामाग्री हेर्दै सर्वसाधारण । तस्बिर: केशब गुरुङ

काठमाडौं, माघ १२ गते ।काठमाडौँको भृकुटीमण्डपमा कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सुरु भएको छ।   

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा बृहत् प्रदर्शनीको आयोजना  गरेको मेलाका प्रबन्ध निर्देशक सृजल भट्टराईले बताउनुभयो। प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका एक सय भन्दा बढी स्टलहरू रहेको छ ।

आजबाट सुरु भएको मेला प्रवर्द्धकको भूमिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि. रहेको उहाँले बताउनुभयो ।

उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण,केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषिका सामग्रीहरू राखिएको छ । साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउनु हुने कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम रहेको भट्टराईले जानकारी गराउनुभयो ।

तिन दिन सम्म चल्ने मेलाको प्रवेश निःशुल्क रहेको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।