• १३ साउन २०८१, आइतबार

इरान–पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

blog

संयुक्त राष्ट्रसङ्घ, माघ ५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । 

महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयम अपनाउन आग्रह गर्नुभएको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गर्नुभएको छ ।

महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्त अनुसार शान्तिपूर्ण  संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।

मङ्गलबार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतङ्कवादी आधारहरू’ मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतङ्कवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो । रासस/सिन्ह्वा