• १६ भदौ २०८१, आइतबार

बढ्यो तरुलको माग

blog

कावासोती समाचारदाता

कावासोती, माघ १ गते । माघेसङ्क्रन्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दु परम्परा अनुसार तरुलको व्यापार फस्टाएको छ । नवलपुर जिल्लाको पहाडी क्षेत्र हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा तरुल उत्पादन हुने गर्छ ।

यस जिल्लामा तरुलको माग बढेको छ ।  पूर्वी नवलपरासीका किसानलाई यतिखेर तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ छ । स्थानीय बजारसँगै काठमाडौंँ, पोखरा, नारायणगढलगायत सहरमा ६० टनभन्दा बढी तरुल बिक्री भएको छ । 

नवलपुरको अरुणखोला, झ्यालबास, जुकेपानी, कावासोती, दलदलेलगायतका क्षेत्रका व्यापारीले ६० टनभन्दा बढी तरुण नवलपुरबाट बाहिर पठाएका नवलपुरका तरुल व्यापारी लालबहादुर सारूले बताउनुभयो ।

विशेष गरी पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खला, राईकोट, देउराली, भारतीपुर, भदौरी, जौवारी तथा बौदीकाली गाउँपालिकाको ववक, रुचाङ, नगरडाँडा र हुप्सेकोट गाउँपालिकाको रुम्सी, चारघरेलगायत क्षेत्रमा चार हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत सुवास कुँवरले गत वर्ष नवलपुरमा ५१ मेट्रिक टन तरुल उत्पादन भएको जानकारी दिनुभयो । यस वर्ष १० प्रतिशतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

बौदीकाली–५ का किसान केहरसिंह मगर पनि तरुल बेच्न व्यस्त हुनुहुन्छ । आफ्नो गाउँ बौदीकालीका २० घरपरिवारले उत्पादन गरेको तरुल आफूले खरिद गरेर बिव्रmी गरेको मगरले बताउनुभयो ।

 किसानबाट प्रतिकेजी ६०/६५ रुपियाँमा खरिद गरी आफूले ७०/७५ रुपियाँमा प्रतिकेजी बेचेको मगर बताउनुहुन्छ । पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत केही वर्षदेखि बजारमा तरुलको माग बढेको छ ।

बुलिङटार गाउँपालिका, राईकोटका कृष्णबहादुर सारूले सदरमुकाम कावासोतीमा तरुलको व्यापार गर्न थालेको आठ वर्ष भएको छ । सिजनमा तरुल व्यापारबाट राम्रो आम्दानी भएपछि सारूले गाउँबाट तरुल खरिद गरी कावासोतीमा बेच्ने गर्नुभएको छ ।

कावासोतीसहित दलदले क्षेत्रबाट समेत तरुल आउने गरेको हुप्सेकोटका किसान तमी तामाङले बताउनुभयो । हुप्सेकोटमा उत्पादन भएको तरुल स्थानीय बजारमा प्रतिकेजी सय रुपियाँमा बिक्री हुने गरेको छ । माघेसङ्क्रन्तिमा तरुलको माघ बढ्ले हुँदा यतिबेला किसानलाई आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजान भ्याइनभ्याइ छ । बन तरुल, पन्जे तरुल र मुढे तरुल 

धेरै बिक्री हुने गर्छ ।