• १ जेठ २०८२, बिहिबार

स्थानीय तहबिच प्रतिस्पर्धा आवश्यक

blog

वालिङ समाचारदाता 

वालिङ, मङ्सिर ३० गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समुन्नत नेपाल निर्माणका लागि स्थानीय तहहरूबिच प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । आर्थिक विकासमा स्थानीय तहहरूको भूमिका महत्त्वपूर्ण रहने भन्दै अध्यक्ष तिमिल्सिनाले स्थानीय तहले गर्ने व्रिmयाकलापले समग्र देशको आर्थिक विकासमा प्रभाव पार्ने बताउनुभयो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको ‘पाँचौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ को उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले अब सबैको ध्यान समुन्नत नेपाल निर्माणतर्फ जानुपर्नेमा जोड दिनुभयो । आर्थिक विकासमा स्थानीय तहको भूमिका महìवपूर्ण रहने भन्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “आर्थिक विकासले मात्रै देशको हित हुन सक्छ ।”

व्यावसायिक खेल क्षेत्रबाट जीविकोपार्जन सम्भव हुँदै गएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । उहाँले भन्नुभयो, “हामी जे काममा लाग्छौँ त्यो मनमस्तिष्कबाट गरौँ अनि मात्रै सफलता मिल्छ र जीवन सहज बन्छ ।” सबैले लडेर ल्याएको सङ्घीय गणतन्त्र नेपालको विकासका लागि सबै मिल्नुपर्नेमा उहाँको जोड छ । कार्यव्रmममा संविधान सभा सदस्य मुक्तिप्रसाद पाठक, प्रदेश सांसद महेश भट्टराई, गाउँपालिका अध्यक्ष खिमबहादुर थापालगायतले बोल्नुभएको थियो । 

यसैबिच कालीगण्डकी गाउँपालिकामा शुक्रबारबाट ‘पाँचौँ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सुरु भएको छ । कालीगण्डकीले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्सेनि खेलकुद महोत्सवको आयोजना गर्दै आएको छ ।

कालीगण्डकी गाउँपालिका–७, मिर्मीस्थित खेलमैदानमा सुरु भएको खेलकुद महोत्सवमा सात वटा विधामा २१ खेल खेलाइने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । पालिकाले विभिन्न समयमा गर्दै आएको खेलकुद महोत्सवबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल भएको अध्यक्ष थापाको भनाइ छ । उहाँले भन्नुभयो, “पूर्वाधार विकास मात्र जनताको विकास होइन, त्यसैले खेलकुद क्षेत्रमा पनि पालिकाले राम्रो बजेट खर्च गरिरहेको छ, जसको उपलब्धि पनि राम्रो रहेको छ ।”