• १२ साउन २०८१, शनिबार

नगर प्रहरीमाथि हातपात गर्ने व्यवसायी पक्राउ

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर २५ गते । ड्युटीमा रहेको नगर प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने एक व्यवसायीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ महेन्द्रपुलमा फुटपाथको सामान हटाउने क्रममा नगर प्रहरीमाथि आक्रमण गर्ने रेनुका स्टोरका सञ्चालक गोविन्दप्रसाद घिमिरेलाई घटना लगत्तै कास्की प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेलाई आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । फुटपाथमा सामान राखेर व्यापार गर्दै आएका घिमिरेलाई पटकपटक त्यसो नगर्न आग्रह गर्दा अटेर गरेपछि नगर प्रहरीले सामान हटाउन लाग्दा उनी आक्रमणमा उत्रिएका हुन् ।

"उहाँलाई हामीले पटक पटक फुटपाथ खालि गर्न आग्रह गर्‍यौँ, तर उहाँले सधैँ अटेर गर्नुभयो । सामान हटाउन खोज्दा अपशब्दले गाली गर्नुभयो र प्रहरीको गाडीमै आएर हातपात गर्नुभयो," नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भन्नुभयो । हाल नगर प्रहरीले बजार क्षेत्रको फुटपाथ खाली गर्ने अभियान चलाइरहेको छ ।