• १२ साउन २०८१, शनिबार

नेपाल पुलिस क्लब सेमिफाइनलमा

blog

काठमाडौँ, मङ्सिर २१ गते । नेपाल पुलिस क्लब स्ट्याग ग्लोबल टेबल टेनिस लिग प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा प्रहरी ९२ अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा कान्तिपुर भ्याली पिङपोङ क्लब पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । कान्तिपुरले ७५ अङ्क बटुलेको छ । बाँकी दुई टिमको टुङ्गो शुक्रबार लाग्ने छ ।