• ७ जेठ २०८१, सोमबार

भूकम्प प्रभावित क्षेत्रका पत्रकारलाई सञ्चारमन्त्रीद्वारा सहयोग हस्तान्तरण

blog

रुकुम, मङ्सिर, १७  गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रुकुम पश्चिमका पत्रकारलाई सहयोग हस्तान्तरण गर्नुभएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीलाई सहयोग हस्तान्तरण गर्नुभएको हो । 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, उपाध्यक्ष उदय जिएमलगायतको उपस्थितिमा मन्त्री शर्माले ३० थान स्लिपिङ ब्याग र ३० थान ज्याकेट हस्तान्तरण गर्नुभएको हो ।

भूकम्प प्रभावित र प्रभावित स्थलको रिपोर्टिङमा रहेका पत्रकारलाई सहयोग पुगोस् भनेर न्यानो कपडा हस्तान्तरण गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्मा भूकम्प प्रभावित क्षेत्रको भ्रमणमा रहनुभएको छ । उहाँले शनिवार सल्यानमा  पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको थियो । आइतबार रुकुम र जाजरकोटका भूकम्प प्रभावित स्थल जाने कार्यक्रम रहेको मन्त्री शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।