• २४ वैशाख २०८१, सोमबार

भरतपुरमा बोराभित्र महिला पुरुषको शव फेला

blog

शालिग्राम नेपाल
चितवन, मङ्सिर ६ गते ।
 चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ ।

बुधबार दिउसो शव फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको हो । शवको मुखमा टेप समेत लगाइएको प्रहरीले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पुल मुनी शव भेटिएको थियो । दुवै जनाको शव छुट्टा छुट्टै जुटको बोराभित्र रहेको थियो ।

दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । शवको परीक्षण र घटनाको थप अनुसन्धान कार्य भइराखेको प्रहरीले जानकारी दिएको छ ।