• २२ वैशाख २०८१, शनिबार

गोलरक्षक एन्जिलाको कथामा चलचित्र

blog

काठमाडौँ, कात्तिक १४ गते । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ को छायाङ्कन सुरु भएको छ ।  

मिलन चाम्सले निर्देशन गर्नु भएको चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायाङ्कन सुरु भएको हो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन हुने छ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै छायाङ्कन सुरु भएको हो ।

चलचित्रमा एन्जिला स्वयम्को मुख्य भूमिका रहने छ । उनीसँगै  दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्कालगायतको पनि अभिनय रहने छ । प्रदीप भारद्वाज र यम थापाको लेखन रहने चलचित्रको पटकथामा मुख्य सहायक निर्देशक गिरीराज घिमिरेले साथ दिनुहुने छ । सुदीप बरालको डिओपी रहने चलचित्रको सम्पादन मिलन श्रेष्ठको रहने छ ।