• २२ वैशाख २०८१, शनिबार

राजेश र प्रीतिको ‘उमेर सत्र भयो खत्रा’

blog

काठमाडौंँ, कात्तिक १४ गते । गायक राजेश बर्देवा र गायिका प्रीति आलेको स्वर रहेको नयाँ गीत ‘उमेर सत्र भयो खत्रा’ सार्वजनिक भएको छ । प्रतिभा शर्माको शब्द तथा प्रियकुमारको सङ्गीत रहेको गीतको एरेन्ज केशव बडूले गर्नुभएको हो । गीतको भिडियोमा अभिनेतृ प्रियङ्का कार्की र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । 

उत्सव विष्टको निर्माण र न्यु लक्ष्मी ज्वेलर्स युकेको निर्माण सहकार्य रहेको भिडियो गीतले १७ वर्षको उमेर युवतीले आफ्नो यौवन सम्हाल्नुपर्ने, यो समय अनेक खतराको सामना गर्नुपर्ने र त्यो सामना गर्न नसके जीवनै सङ्कटमा पर्ने सन्देश समेटेको छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रवीण भट्टको सम्पादन छ ।