अमरराज नहर्की
तनहुँ, कात्तिक १३ गते । तनहुँमा अरिङ्गालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भानु नगरपालिका– ७ रम्गाटार स्थित जङ्गलमा आइतबार राती ११:५५ अरिङ्गाल पोल्ने क्रममा घाइते हुनु भएका भानु नगरपालिका– ४ फला खेत बस्ने वर्ष ३२ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँ बस्ने वर्ष २४ को धनबहादुर तामाङ गंभिर घाइते हुनु भएको छ ।
निजहरू दुवै जनालाई लक्ष्मी अस्पताल डुम्रे तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागी चितवन मेडिकल कलेजमा चितवनमा पठाएकोमा घाइते मध्ये राजकुमारको सोमबार बिहान ४:२० बजे उपचारको क्रममा मृत्यु भएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घाइते धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताउनुभयो ।