गोरखापत्र अनलाइन
काठमाडौँ, कात्तिक १० गते । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय –(कोकिवन) बाट तेक्वान्दोको छैटौँ डान डिग्री हासिल गर्नुभएको छ । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौँ डान प्राप्त गर्नुभएको हो ।
लामो समयदेखि तेक्वान्दोमा समर्पित क्षेत्रीले खलाडीका रुपमा विश्व वरीयताको जि टु प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक पनि जित्नुभएको छ । तेक्वान्दोमा पुर्याएको योगदानको कदरस्वरुप क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसक्नुभएको छ । यसैगरी, कोरियाली सरकारले उहाँलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो । क्षेत्री सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्ष पनि उत्तीर्ण गर्नुभएको थियो ।