• ६ माघ २०८१, आइतबार

महादेवामा शुभकामना आदानप्रदान

blog

सप्तरीको महादेवा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, कात्तिक ९ गते । सप्तरीको महादेवा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

महादेवा गाउँपालिकाको अध्यक्ष पदको प्रत्यासी दीपेन्द्र माझीको अध्यक्षता एवम् माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अशोककुमार मण्डल(अमर)को प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

आयोजित कार्यक्रममा प्रमुख अतिथि मण्डलले माओवादी जनयुद्धको कारण देशमा ठूलो परिवर्तन आएको बताउनुभयो । सबै किसिमको भेदभावको अन्त्य माओवादीले गरेको तथा अहिले पनि गरिब र पीडितहरुको समस्या समाधानतर्फ वर्तमान सरकार लागि परेको बताउनुभयो । 

सोही कार्यक्रममा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्व विधायक सूर्यनाथ यादव(सुभाष)ले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउनेलाई सरकारले कारबाही गरेको बताउनुभयो । आयोजित सोही कार्यक्रममा  केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व मन्त्री रुवी कर्णले समान्ती राज्यको अन्त्य माओवादी सरकारले गरेको बताउनुहुँदै उहाँले कुनै पनि पार्टीले गर्न नसकेको काम माओवादीले शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा दलित र पिछडिएको क्षेत्रको कोटा छुट्याएको बताउनुभयो ।

प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार तथा प्रचारप्रसार विभागको सदस्य देवराम यादवले महादेवा गाउँपालिकामा भ्रष्टाचार बढ्दै गएकाले खबारदारी गर्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा युवा पत्रकार बिन्दुकुमार यादवले कुनै पनि निकायमा भ्रष्टाचार गर्नु कानुनी अपराध रहेकोले यस्ता अपराध गर्नेहरुलाई कार्वाही गर्नुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्र महादेवा गाउँपालिकाद्वारा आयोजित विजयादशमी, शुभ दीपावली एवम् छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुस्लिम मुक्ति मोर्चा सप्तरीका संयोजक मो डोमन, प्रेस सेन्टर नेपाल मधेश प्रदेश सचिव ध्रुवकुमार मण्डल, रामचन्द्र मण्डल, रामनारायण सरदार लगायतले आआफ्ना विचार व्यक्त गर्नुभएकाे थियो ।