• १५ मंसिर २०८१, शनिबार

एकासी वर्षपछि मन्दिर पुनस्र्थापना

blog

भोजपुर समाचारदाता

भोजपुर, कात्तिक ४ गते । भोजपुर सदरमुकामस्थित जिल्ला कारागार परिसरमा ८१ वर्षपछि ऐतिहासिक, धार्मिक र सांस्कृतिक एवं आस्थाको धरोहरका रूपमा मानिएको निशान भगवती मन्दिरको पुनस्र्थापना गरिएको छ । 

नेपाली सेनाको नयाँ श्रीनाथ गणले बाजागाजा र झाँकीसहित सदरमुकाम बजार परिक्रमा गरी शुक्रबार निशान भगवती मन्दिर पुनस्र्थापना गरिएको हो । नेपाली सेनाको गरुणदल गुल्मले विसं १९९९ मा स्थापना गरेको निशान भगवती मन्दिर गुल्म स्थानान्तरणसँगैँ सोही क्षेत्रमा लगेको थियो । निशान भगवती सार्ने व्रmममा प्राकृतिक विपत्ति हुने, हेलिकोप्टर स्टार्ट नहुनेलगायत समस्याका साथै गुल्मले २०६८ सालमा तेस्रो प्रयासपश्चात् निशान भगवतीलाई पाल्पामा स्थानान्तरण गरेको थियो ।  

निशान भगवती स्थानान्तरणका क्रममा दैविक तथा प्राकृतिक समस्या भएपछि स्थानीयवासीले निशान भगवती पुनस्र्थापनाको बारम्बार माग गर्दै आएका थिए । सोही अनुसार भोजपुर नगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वय, सहजीकरण तथा सव्रिmयतामा नेपाली सेनाको फस्ट राइफल गणले स्थापना गरेको निशान भगवती मन्दिर नेपाली सेनाकै नयाँ श्रीनाथ गणले पुनस्र्थापना गरेको हो ।

नेपाली सेनाले देशको ऐतिहासिक, धार्मिक, सांस्कृतिक महìवका क्षेत्र तथा गढी संरक्षण गर्दैै आएको अवगत गराउँदै सोही अनुसार निशान भगवती मन्दिरको पुनस्र्थापना गरेको पूर्वी पृतनापति उपरथी डा. आसबहादुर तामाङले बताउनुभयो । 

निशान भगवती मन्दिर जिल्लावासीको आस्थाको धरोहर भएकाले आफूहरू लागिपरेसगैँ मन्दिर पुनस्र्थापना भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो । कारागारसँग मन्दिर परिसर जोडिएकाले तत्काल जुनसुकै बेला पूजाअर्चना गर्न समस्या भए पनि सुरक्षा चुनौतीलाई मध्यनजर गरी चाडैँ सहज तरिकाले पूजा गर्ने वातावरण मिलाइने प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले बताउनुभयो ।