• २८ वैशाख २०८१, शुक्रबार

गाजा चर्चमा भएको इजरायली आक्रमणमा थुप्रैको मृत्यु भएको छ : हमास

blog

गाजापट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, कात्तिक ३  गते । बिहीबार अबेर भएको इजराइली हमलामा गाजामा एउटा चर्चमा आश्रय लिएर बसेका थुप्रै विस्थापितहरूको मृत्यु भएको र धेरै घाइते भएको हमास नियन्त्रित आन्तरिक मामिला मन्त्रालयले बताएको छ । 

मन्त्रालयका अनुसार गाजा सहरस्थित ग्रिक अर्थोडक्स सेन्ट पोरफाइरस चर्चका परिसरमा भएको हमलामा ‘ठूलो सङ्ख्यामा सहित र घाइते’ भएका छन् । 

प्रत्यक्षदर्शीहरूले एएफपीलाई दिएको जानकारीअनुसार प्लालेस्टिनी क्षेत्रमा भएको युद्धपछि थुप्रै गाजाबासीले शरण लिएको चर्चनजिकै लक्षित गरी हमला गरेको देखिन्छ । 

इजराइली प्रतिरक्षा फौज (आईडीएफ) ले इजराइलतर्फ रकेट र मोर्टार प्रक्षेपणमा संलग्न कमान्ड र कन्ट्रोल सेन्टरलाई लक्षित गरी आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको छ । 

“आईडीएफले गरेको हमलाबाट एउटा चर्चको पर्खाल क्षतिग्रस्त भएको छ, हामी हताहतको रिपोर्टबारे सचेत छौँ, घटनाको समीक्षा गरिरहेका छौँ”, आईडीएफले भनेको छ । 

प्रत्यक्षदर्शीहरूले आक्रमणमा चर्चको बाहिरी भाग क्षतिग्रस्त भएको र छेउको एउटा भवन भत्किएको भन्दै घाइते धेरैलाई अस्पताल लगिएको बताएका छन् । 

पोरफाइरस अझै पनि सञ्चालनमा आएको गाजामा सबैभन्दा पुरानो चर्च हो । जेरुसेलमको अर्थोडक्स प्रमुखले आफ्नो चर्च परिसरमा भएको हमलाको ‘कडा निन्दा’ गरेका छन् ।  रासस/एएफपी